सत्ता साझेदारीबारे प्रचण्ड र देउवाबीच छलफल



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

कांग्रेस सभापति देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र सम्भावित घटनाक्रमबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । उनीहरुबीच करिव आधाघण्टा छलफल भएको थियो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदिएपछि मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता अगाडि बढाउने निर्णय गरेको थियो । पार्टीको निर्णय लगत्तै अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलमा दुई तथा डिजेल र मट्टीतेलको प्रतिलिटर तीन रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि

सहकारी ठगीमा रविलाई काठमाडौंमा पनि कास्कीको जस्तै आदेश(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

रवि लामिछाने धरौटी बुझाएर रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटी बुझाएर

सांसद अरुण चौधरीको जोगियो सांसद पद, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीविरुद्धको रिट खारेज