शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

खोप लगाएपछि प्रधानमन्त्रीले सबैलाई यस अभियानमा सहभागी हुन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान औपचारिकरुपमा सुरु भएको छ ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन् । त्यस्तै अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलगायतले पनि खोप लगाएका छन् । दोस्रो चरणमा ज्येष्ठ नागरिकका साथै सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोभिडविरुद्धको खोप दिइँदै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।