मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः महासचिव विप्लव



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले सरकार र आफूहरुबीच भएको तीन बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार दिउँसो सरकारसँग भएको सहमति हस्ताक्षर घोषणा कार्यक्रममा महासचिव विप्लवले आफूहरु तीन बुँदे सहमतिमा प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले सहमति कार्यान्वयन र पालना गर्न तयार रहेको र यसकाबारेमा कुतर्क नगर्न आग्रह गरे । महासचिव विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए ।

उनले सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ’घाम र जूनको भेट’सँग तुलना गरे । उनले भने, ‘धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’

उनले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने बताए । उनले नेपाली जनताले दल र नेताहरुलाई पटक पटक चुनेर पठाएपनि अधिकार उपभोग गर्न नपाएकाले जनमत संग्रहमा जानुपर्ने बताए ।

उनले आफूहरु हातेमालो गर्न तयार रहेको तर कुनै विदेशीले हेप्न खोज्यो भने त्यो आफूहरुलाई सह्य नहुने र नझुक्ने बताए । उनले जनताको सपना पूरा गर्नुपर्छ र सपना पूरा गर्न आफू यहाँ उभिएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो