प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिन्छः रामचन्द्र पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

बिहीबार बिहान चितवनको नारायणगढमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले केपी ओलीले देशलाई र व्यवस्थालाई जोखिममा पारेकाले ओलीलाई सहयोग गर्न कांग्रेसको नैतिकताले नदिने बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिने बताए । उनले भने, ‘यसमा बरु पोजेटिभ हुन र छलफल गर्न सकिन्छ ।’ उनले कांग्रेस सरकारमा जाने नजाने भन्ने बारेमा पार्टीभित्र छलफल भएर निर्णयमा पुग्नुपर्ने बताए ।

उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्याए कांग्रेसको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

बुधबार पार्टीका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा वरिष्ठ नेता पौडेलले कांग्रेसको औकात र हैसियत प्रतिपक्षमा रहने भएको भन्दै सरकारमा जान नहुने बताएका थिए । त्यसको जवाफमा सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए बोक्नुपर्ने भन्दै सानो चित्त नगर्न पौडेललाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै