२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना निर्माण गरिने



काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच मंगलबार परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन(डिपिआर)तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ ।

सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ जियाङले हस्ताक्षर गरे ।

सिङ्गापुरको राइजन इनर्जीले संयुक्त उपक्रम तयार गरी सो आयोजना अगाडि बढाउन लागेको हो । समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा क्रमशः १२५ मेगावाट क्षमताका दरले दुई वटा परियोजना सञ्चालन हुनेछ । सोही परियोजनामा २० मेगावाट दरका थप दुई गरी कूल ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेजसमेत निर्माण हुनेछ ।

समझदारीअनुसार सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र अध्ययन पूरा गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्नेछ । गत असार ५ गते बसेको बोर्डको ४४ औँ बैठकले उक्त कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । सो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको