निर्वाचन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै संयमताकासाथ अघि बढ्न आइजिपी क्षेत्रीको निर्देशन



काठमाडौं । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालु आर्थिक वर्षको लागि प्रहरी महानिरीक्षकबाट प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुसँग गरिएको कार्य सम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा कार्यक्रम बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

समापन कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशन सहित संगठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामुहिक प्रयास र कटिवद्धता आवश्यक रहेको बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्नेमा जोड दिए ।

समग्र तथ्याङ्कमा आधारित प्रस्तुतीकरणले स्वस्थ्य प्रतिस्पर्धा र व्यवसायिकीकरण झल्काएको उनले उल्लेख गरे । कार्ययोजनाको आधार तयार भएको सन्दर्भमा यसलाई पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न उनले निर्देशन दिए ।

कार्यक्रममा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले प्रदेशको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानव स्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वद्र्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वय र सहकार्यको प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात र कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे अर्धवार्षिक रुपमा सम्पन्न भएका कार्यहरुको विवरण भर्चुअल रुपमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल

सरकार फेर्ने माखेजालोमा दलका नेता फस्दै जाँदा जनतामा निराशा पैदा भयोः उपसभापति गुरुङ(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत

आगामी साता वर्षा हुने विभागको पूर्वानुमान

काठमाडौं । आगामी सातादेखि पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान