भुक्तानी नपाएको भन्दै उखु किसानद्वारा फेरि संघर्षका कार्यक्रम घोषणा



काठमाडौं । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरेपनि भुक्तानी हुन नसकेको भन्दै उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ ।

संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गरी उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको बताएको हो ।

किसानले भुक्तानी पाउनुपर्ने यकीन रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको विश्वसनीय एवं स–प्रमाण विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने समितिले जनाएको छ ।

आन्दोलन अनुसार माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपार्ने गर्नेमाथि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा हातपात गरेको आरोपमा

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट। हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको