प्रधानसेनापतिद्वारा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्रको उद्घाटन
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को उद्घाटन गरेका छन् । केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ । यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।