कामदारका नाममा नक्कली फर्म दर्ता गरी ६५ करोडको भ्याट छली गर्ने १० जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै सोमबार उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम ट्रेडिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ ।

उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७५/७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

भ्याटतर्फ २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश पाँच करोड २० लाख ४५ हजार ६९२ रुपैयाँ बराबरको चुहावट गरेको पाइएको छ । विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको

गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम भने कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्प गएको आज ९ वर्ष पूरा

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत भएका

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै