नेपाल प्रहरीको डिआइजीका लागि ९ जनाको नाम सिफारिस
काठमाडौ । नेपाल प्रहरीमा डिआईजी बढुवाका लागि गृह मन्त्रालयले ९ जनाको नाम सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले प्रहरी बरिष्ठ उपरीक्षकहरु देवबहादुर बोहोरा, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, राजेशकुमारलाल कर्ण, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, मुकुन्दराज आर्चाय र दिवेश लोहनीलाई बढुवा गर्न सिफारिस गरेको हो ।