नेपाल डेरी साईन्स एशोसिएसनले दायर गरेको रिटको शुक्रबार सर्वोच्चमा सुनुवाई हुने
काठमाडौं । नेपाल डेरी साईन्स एशोसिएसनले शैक्षिक योग्यता नतोकिएको र पद अनुरूप अनुभवको योग्यता नभएको भन्दै बाग्मती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्ष पदको विज्ञापन विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई असोज १६ गतेका लागि तोकिएको छ ।
एसोसिएसनका महासचिव गिरीधर बज्राचार्यले दायर गरेको रिटको असोज १६ गते सुनुवाई हुने भएको हो । एसोसिएसनले विशिष्ट श्रेणीको उक्त पदका लागि नेतृत्व दिनसक्ने आवश्यक शैक्षिक योग्यता र अनुभवलाई सम्बोधन हुने गरी ऐनमा संशोधन गर्न तथा प्रतिस्पर्धात्मक नियुक्ति प्रथा अबलम्बन गर्न पनि आग्रह गरेको छ ।