प्रश्रित र उप्रेतीका कारण यसवर्ष पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द



काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यसवर्ष वितरण गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो ।

पद्मश्री पुरस्कारका लागि सञ्जीव उप्रेतीको ’हंस’ छनोट भएको थियो भने पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए । पुरस्कार र सम्मान प्रतिष्ठानले एकै समयमा विवतरण गर्दै आएको थियो ।

तर उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेपछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए । यसरी विवादमा परेपछि यस वर्षको पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा

गण्डक जलविद्युत केन्द्रमा दुई महिनादेखि उत्पादन पूर्णरुपमा बन्द, दैनिक आठ लाख घाटा नवलपरासी

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र

आकर्षक गन्तव्यको रुपमा विकास हुँदै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

अच्युत रेग्मी, धादिङ ।  स्वच्छ हावापानी, घना जंगल, चराको चिरबिर आवाज, जंगलभित्र ढकमक्क

गृह मन्त्रालयले हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति रोक्न दियो तीन बुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत