कोरोना संक्रमणबाट एक सैनिकसहित थप तीन जनाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट एक सैनिक जवानसहित शनिबार थप तीन जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ । ती जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत उनमा छारे रोगको लक्षण देखिएपछि असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो । असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको निर्देशनालयले जनाएको छ । यससँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ

 त्यसैगरी चितवनमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार गत भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार राति ती पुरुषको मृत्यु भएको हो । उनको सघनकक्षमा राखी उपचार हुँदाहुँदै आएको थियो ।

त्यस्तै, कोरोना सङ्क्रमणबाट सप्तरीमा एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरानमा भर्ना गरिएको थियो । धरानमा भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय