बन्दी मृत्यु प्रकरणः शव व्यवस्थापनमा वीर अस्पतालको कमजोरी भएको सांसदहरुको आरोप



काठमाडौं । सांसदहरुले वीर अस्पतालमा बन्दीको मृत्यु प्रकरणमा शव व्यवस्थापनमाा कमजोरी भएको आरोप लगाएका छन् । बिहीबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा उनीहरुले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्न अस्पताल प्रशासनलाई आग्रह समेत गरेका छन् । उनीहरुरुले यस्ता घटनाले जनतामा नकारात्मक सन्देश गएको समेत बताए ।

सांसदहरुले शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह पनि गरेका छन् । सांसद खगराज अधिकारीले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । त्यस्तै सांसद अञ्जना बिशंखेले अहिलको अवस्थामा अस्पताल सबै क्षेत्रमा तयार अवस्थामा रहनुपर्ने बताइन् । सकारात्मक भन्दा नकारात्मक बिषय चाँडै फैलिने भन्दै स्वास्थ्य क्षेत्रको गल्ती स्वीकार्य नहुने उनले बताइन् ।

छलफलमा वीर अस्पताल , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा डीएन साहले कोरोना अघि शवलाई केही दिन राख्नुपर्ने भए शिक्षण अस्पतालमा पठाइने गरेपनि कोरोनापछि भने शव व्यवस्थापनमा समस्या आएको बताए ।

उनले वीर अस्पतालमा बन्दी ल्याउँदा नै मृत्यु भइसकेको जानकारी दिए । यसैबीच समिति अन्तर्गतको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले अध्ययन प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा कोभिड बाहेकका अन्य रोगका बिरामीहरुले सहज उपचार सेवा पाउन नसकेको, लकडाउन खोलेपछि संक्रमित बढेको तथा कोरोना न्युनिकरणका लागि तयारी नपुगेको लगायतका बिषय उल्लेख गरिएको उपसमिति संयोजक जिवनराम श्रेष्ठले जानकारी दिए ।

उपसमितिले कोरोनाका विरामीको उपचार गर्ने अस्पताल, आइसोलेशन सेन्टर, प्रयोगशाला तथा कारागारहरुको स्थलगत अनुगमन गरि प्रतिवेदन तयार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोठाटार गोलीकाण्डका मुख्य योजनाकार भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको गोली हानी हत्या

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

लगानी सम्मेलनको पहिलो दिन दुई सम्झौतामा हस्ताक्षर

  काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र

टौ-दहमा विपत् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतबार काठमाडौँको टौ–दहमा