झापामा कोरोना संक्रमित बृद्धको मृत्यु



झापा । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । कोरोना संक्रमणबाट भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नम्बर ६ का वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ । उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।

क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गएराति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदलाई मन्त्री हुने अवसर

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने

विशेष अदालतबाट पशुपतिको जलहरी प्रकरणमा मुछिएका सबैलाई सफाइ

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका तीन प्रतिवादीले सफाइ पाएका छन् । मंगलबार

आगलागीबाट सप्तरीमा एउटा बस्ती नै सखाप(फोटोफिचर)

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा मंगलबार भीषण आगलागी भएको छ । आगलागीबाट एक