आन्तरिक उडान सुरु भएपछिको त्रिभुवन विमानस्थल हेर्नुस् फोटोमा



काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु भएको छ । आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित संख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज भएको छ ।

बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान संख्या बढाइने बताएका छन् । सीमित सङ्ख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् ।

यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो । पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ । पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चालमा आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुस ९ देखि १७ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट

जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन