बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु



नेपालगंज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकामा सहकारीसँग सम्बन्धित आउँछन् यस्ता समस्या र गुनासा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ,

महिला स्वास्थ्य स्वयंसेविकाको गुनासोः राज्यले बुझेन हाम्रो दुःख

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका

पाटेबाघ मार्ने उद्योगमा चितवनमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा

एमालेको सचिवालय बैठक आगामी बुधबार बस्ने

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस