स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह गरेका छन् ।

हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी : सुरक्षित विरामी’ रहेको छ । नेपालमा कोरोना सङ्क्रमितमध्ये करिब ७२५ निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेका उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

“सङ्क्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन आम जनसमुदायलाई आव्हान गर्दछु ।” सन्देशमा भनिएको छ, “स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई आव्हान गर्दछु ।”

उनले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालणा गर्न र गराउन स्वास्थ्यकर्मीलगायत सबैमा अनुरोध आव्हान पनि गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थुनुवा मुक्त गराइदिने भनी रकम लिने तीनजना पक्राउ

  सुदूरपश्चिम । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम

टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा शिक्षक र विद्यार्थीको मृत्यु

  तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ ।

सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी गाडी भारतमा दुर्घटना, तीन घाइते

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका

पुस ९ देखि १७ गतेसम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

पोखरा । पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा १५ देशका पाइलट