मध्यम तथा लामो दूरीका यातायात सञ्चालन आजदेखि



काठमाडौं । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ ।

यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ । कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर बस सञ्चालनको प्रस्ताव मन्त्रीपरिषद्मा लगेकोमा धन्यवाद दिएको थियो । मन्त्री नेम्वाङलले आबश्यक सबै स्वास्थ्य सुरक्षा अपनाएर मात्रै बस सञ्चालन गर्नुपर्ने बताए ।

उनले सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवामा जान आग्रह गरे । मन्त्री नेम्वाङले यससम्बन्धी तयारीको जिम्मेवारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादूर हमाललाई दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बस चलेपछि यात्रुलाई कहाँ खाना, खाजा खुवाउनेलगायतका विषयमा अहिलेसम्म जानकारी नगराएको बताए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय