व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कोटेश्वरका व्यापारी ओर्लिए सडक प्रदर्शनमा



काठमाडौं । कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्नेलगायतका माग राखी व्यापारीहरुले कोटेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।

व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै जाँदा सरकारले भने कुनै सहुलियत नै गरेको भन्दै काटेश्वरका व्यपारीहरुले शान्तिपूर्ण विरोध गरेका हुन् । उनीहरुले लडाउनको अवधीको भाडा मिनाहा गर्नुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिको कर खारेज गर्नुपर्ने, बैंकको व्याज मिनाहा गर्नुपर्ने माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले बैज्ञानिक घरभाडा लागू गर्न पनि सरकारलाई सुझाव दिएका छन् । अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण बनाउन र यस अवधिमा देखिएका समस्या समाधानका निम्ती ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य नील प्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरुले हरेक दिन कार्यालय समयमा शान्तिपूर्ण प्रदर्शन गर्ने र आफुहरुको मागका बारेमा कुनै सुनुवाई नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार