समयमै मल आयात नगर्ने शैलुङ र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द



काठमाडौँ सरकारले समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द गरेको छ । भदौ २० गतेसम्म आयत गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको हो ।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक बर्ष २०७६/७७को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपंछी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए । उनले अहिले ३२ हजार ५ सय मेट्रिक टन युरिया मल कलकत्ता बन्दरगाहबाट नेपाल भित्रिरहेको र वितरण भइरहेको समेत जानकारी दिए ।

भुसालले ढिलो गरी मल आयात हुँदा आपूर्तिमा समस्या देखिएपनि विस्तारै सहज हुँदै जाने बताए । यसबाहेक धान र गहुँको लागि आवश्यक हुन सक्ने युरिया बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएको समेत बताए । आगामी १५ दिन भित्र बंगलादेशको मल नेपाल ल्याउने गरी काम गरिएको मन्त्री भूसालले जानकारी दिए ।

नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरि काम आरम्भ भइसकेको पनि मन्त्री भूसालले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम । नेपाल सरकारको प्राथमिक योजना हो, सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको

एनपीएलमा चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

  काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन

विवाहपञ्चमीमा जन्तीको स्वागतका लागि यसरी सजाइयो मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर

भारतको अयोध्याबाट विवाह पञ्चमीका लागि आज आउने जन्तीको स्वागतका लागि फूलमालाले सजाइएको महोत्तरीको

चार दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि