अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने व्यवसायीको चेतावनी
काठमाडौं । उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले विज्ञप्ति जारी गरी अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो ।
लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिने संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।