उपत्यकामा करिव २ हजार ७४६ जना संक्रमित, ९ हजार ८२० जनाको कन्ट्याक्ट ट्रेसिङ



काठमाडौं । काठमाडौं उपत्यकाभित्र भदौ ६ गतेसम्ममा २ हजार ७४६ जना कोरोना भाइरसबाट संक्रमित भए । जसमध्ये काठमाडौं जिल्लामा २ हजार १८७ जना, ललितपुर जिल्लामा ३०८ जना र भक्तपुर जिल्लामा २५१ जनामा संक्रमण देखिएको छ । यसरी संक्रमण देखिएकामध्ये ३०.७ प्रतिशत व्यक्तिहरुले यात्रा गरेका थिए भने ५१.४ प्रतिशतले यात्रा गरेका थिएनन् । १७.८ प्रतिशत बिरामीले यात्रा गरेका थिए कि थिएनन् भन्ने एकिन छैन ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ७ हजार ४१२ जना, ललितपुरमा १ हजार २५३ जना र भक्तपुरमा ६५५ गरी ९ हजार ८२० जनाको कन्ट्याक्ट ट्रेसिङ  गरिएको छ । भदौ ६ गतेसम्मको यो तथ्याङ्कअनुसार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा १ हजार ६०६ जना र दोश्रोमा ललितपुर महानगरमा १८५ सक्रिय केस छन् । मध्यपुर थिमीमा १०५, चन्द्रागिरीमा ६२, सूर्यबिनायकमा ७३, कीर्तिपुरमा २६, बुढानिलकण्ठमा १२५, शंखरापुरमा १७, गोदावरीमा ३९, गोकर्णेश्वरमा ४२ जना सक्रिय केस छन् ।

बैठकमा जानकारी दिँदै महालक्ष्मीमा ८४, कागेश्वरी मनोहरामा ९६, दक्षिणकाली १०, नागार्जुनमा ४०, तारकेश्वरमा ५४, टोखामा १०९, चाँगुनारायणमा २२ स्थानीय र २० जना सुरक्षाकर्मी, भक्तपुरमा ३१ जना भाइरसबाट संक्रमण बिरामी छन् । यीमध्ये कति बिरामी निको भएर फर्किए भन्ने तथ्याङ्क अद्यावधिक हुन बाँकी छ ।

अहिलेसम्म प्राप्त बिरामीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भेटेका उपत्यकाका करीब २८ हजार ५ सय व्यक्तिलाई पीसीआर परीक्षण गर्ने उपत्यका नगरपालिका फोरमले निर्णय गरेको छ ।

संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान, बिरामीको सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श गर्नु, संक्रमित र समुदायको सम्बन्ध टुटाउनु नै महामारी नियन्त्रणको एक मात्र बिधि भएकोले कन्ट्याक्ट ट्रेसिङबाट  उपलब्धी हासील गर्न सकिनेमा स्थानीय तह आशावादी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने