धरानमा कोरोना संक्रमित एक पुरुषको निधन



धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साउन २७ गते उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मृतक पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

यसअघि धरान तीनकुनेस्थित प्रिती भल्व उद्योगमा कार्यरत संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकामध्ये मृतक पनि एक रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज