प्रचण्ड-ओलीबीचको छलफल आन्तरिक विवाद समाधानतर्फ उन्मुख



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो एक साता भेटघाट समेत बन्द भएको नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार छलफल भएको छ ।

बालुवाटारमा तीन घण्टा भन्दा बढी भएको छलफल आन्तरिक विवाद समाधान उन्मुख देखिएको बताइएको छ । दुई अध्यक्षबीचको छलफल विवादको समाधान उन्मुख भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

पार्टीको नीति र विधि विपरित सरकार चलेको, एकलौटी गरेको, देश र जनताको पक्षमा सरकारले काम गर्न नसकेको लगायतका आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओली खेमा बाहेकका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । बरु पार्टी फुटाउने तर दुवै पदबाट राजीनामा नदिने अडान ओलीले लिएपछि अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल पक्ष ललिचो बनेको बुझिएको छ ।

सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्मत ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा प्रचण्ड नेपाल पक्ष पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

काठमाडौँ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख