एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज



काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको बर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फुल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो ।

प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेबाट आपसी सहमतिमा खारेज गरिएको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । उनल अपेक्षा गरिएको परिणाम प्राप्त नभएकाले सम्झौता खारेज गरिएको बताए । श्रेष्ठकाअनुसार अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैंले गर्नेछ ।

सम्झौताबमोजिम नयाँ सडक गेट अगाडि पूर्व तर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ फूल फुलिरहने आइल्याण्ड बनाउनु पर्ने थियो । प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ बर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरो रुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो ।

सम्झौताबमोजिम २०७६ भदौ अन्तिमसम्ममा ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाउनु पर्नेथियो । आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नुपर्ने थियो । यसकालागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्ने र प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरको जिम्मामा थियो ।
प्रबिधिमा आधारित आइल्याण्डबाट परिणाम नआएपछि किन उपलब्धी हासील गर्न सकिएन? यदि यसो हो भने अब कस्तो प्रबिधि जडान गर्ने र प्रबिधिको सञ्चालन व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नु पर्ने भएको छ ।
के थियो प्रणाली ?
बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेसनल एरोनटिक एण्ड स्पेस (नासा) ले आबिष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पुरयाइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छं । यस प्रणालीमा प्रबिधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यबस्तु जरासम्म पुर्याइन्छ । यस प्रबिधिबाट फलफुल र तरकारी फलेको उदाहरण पाइन्छन् ।

काठमाडौंका आइल्याण्डमा जडान गरिएका प्रणालीमा फूल देखिन्थे तर यसले भित्री संरचना नढाकेका कारण सुन्दर भने थिएन । अर्कोतिर प्रणाली जडान गरिएको जमिनको स्याहार नगर्दा आइल्याण्डहरु अलपत्र जस्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको