सैनिक कल्याणकारी कोषमा ४५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ



काठमाडौैं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषले कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको जनाएको छ । कोषद्वारा शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कोषका निर्देशक सागरबहादुर केसीले कोषको रकम १८.९० प्रतिशतले वृद्धि भएको जानकारी दिए । मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको ४५ अर्ब ८६ करोड नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल ५१ अर्ब ६१ करोड चार लाख रुपैयाँ पुगेको छ ।

केही वर्षअघिसम्म कोषको ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब सात करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको निर्देशक केसीले जानकारी दिए । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको थियो । बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक केसीले जानकारी दिए ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा विभिन्न मुलुकमा खटिने सैनिकको पारिश्रमिकबाट कटौती गरेर २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो । त्यसवेला १ करोड २४ लाख १ हजार रुपैयाँबाट कोष शुरु भएको थियो । अहिले राष्ट्रसंघीय मिसनमा खटिने सैनिकबाट प्राप्त हुने रकमसँगै सेनाले कोष मार्फत गरेको लगानीबाट समेत आम्दानी गर्दै आएको छ । कोषको ठूलो रकम सेनाले निक्षेपका रुपमा बैंकमा राखेको छ । त्यसैगरी सेनाले कोषको रकम विद्यालय, कलेज, अस्पताल, मेडिकल कलेज, पेट्रोलपम्प, हाउजिङ लगायतमा लगानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई