पोखराकी प्रेन्साको प्रतिभा(भिडियोसहित)



पोखरा । मानिसका प्रतिभा पनि कस्ता कस्ता हुन्छन् । कालिकोटका विजय शाही सयौं पृष्ठको पुस्तक केही मिनेट हेरेको भरमा सबै हुबहु लेख्न सक्छन् । उनको प्रतिभा देखेर जोसुकै पनि आश्चर्य मान्छन् । कमला घिमिरे, आयुषा गौतम उमेरले सानै छन् । तर लोकदोहोरीको क्षेत्रमा उनको प्रतिभाले उनीहरुर्लाइ अब्बल बनाएको छ ।

यस्तै प्रतिभा भएकै कारण पोखराकी आठ वर्षीया प्रेन्सा रेग्मी पनि अहिले सबैको माझ चिनिएकी छन् । कक्षा तीनमा अध्ययनरत प्रेन्सा बहुप्रतिभाकी छन् । लामो खालको अनुच्छेद पनि नहेरीकन प्रस्ट बोलीमा भन्न सक्ने उनको विलक्षण क्षमता छ । लकडाउनकै बेलामा २ कक्षा उत्तीर्ण भइ ३ पुगेकी उनले आफ्नो कक्षाका विषय भिडियोमार्फत अरु साथीलाई पढाउने गरेकी छन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली लगायतका मुख्य–मुख्य विषय उनले एकचरण पढेर भ्याइसकेको बताइन् । सबै उनलाई कण्ठस्थ आउने गरेको उनका अभिभावक बताउँछन् ।

उनको यो प्रतिभा त छँदैछ त्यो बाहेक उनी समाजसेवातर्फ पनि लागेकी छन् । त्यसैले अहिले पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा पुग्नुभयो भने प्रेन्सालाई मास्क बेचिरहेको भेटिन्छ । उनले केही हप्तायता आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्ने गरेकी छन् । उनले मास्क आफ्नै दैनिकी चलाउन नभई मास्क विक्रि गरेको पैसा समाजसेवामा लगाउन हो । आयआर्जन कम रहेका परिवारका आफूजस्तै उमेरका साना भाइबहिनीको लागि उनले बचत रकम सहयोग गर्ने गरेको बताइन् ।

हेरौं प्रेन्साको प्रतिभाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको