महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँः नारायणकाजी श्रेष्ठ



काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।

आन्तरिक विवादका कारण पार्टी विभाजनको संघारमा पुगेको बेलामा प्रवक्ता श्रेष्ठले मंगलबार ट्वीट गर्दै एकताको रक्षा गर्दै सार्वभौमिकता एवम् अखण्डताको रक्षा गर्दै समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन्।

श्रेष्ठले लेखेका छन्, ‘पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो । तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सुत्र बनाऔँ।’

पार्टीभित्रको विवादका कारण नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजेका लागि सारिएको छ । त्यस्तै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भएका दर्जनौ बैठक पनि निष्कर्षविहीन हुँदै आएका छन् । जसका कारण नेकपा कतै फुटको संघारमा पुगेको त होइन भन्ने आंकलन गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

भन्सार दर घटेसँगै झण्डै १६ हजारले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि