सप्तकोशीमा पानीको बहाव उच्च, ५६ मध्ये ४८ वटा ढोका खोलियो



इटहरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ४८ वटा ढोका खोलिएको छ । पानीको बहाब बढेपछि आज बिहान ५६ मध्ये ४८ वटा ढोका खोलिएको हो ।

आज बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोसी ब्यारेजको यो बहाव यो वर्षकै सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

भन्सार दर घटेसँगै झण्डै १६ हजारले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि