ओलीको अर्लि महाधिवेशनको प्रस्तावले नेकपाका नेताहरुबीच आरोप प्रत्यारोप



काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधान नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्लि महाधिवेशनको नयाँ प्रस्ताव गरेपछि पार्टी नेताहरुबीच एक अर्काबीच आरोप प्रत्यारोप सुरु भएको छ । ओली पक्षका नेताहहरुले अर्लि महाधिवेशनको पक्षमा वकालत गरेका छन् भने माधव नेपाल समुह र प्रचण्ड खेमाले मंसिरको महाधिवेशन ओली समुहको सत्ता लम्व्याउने नयाँ चालवाजीका रुपमा अथ्र्याएका छन् । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले महाधिवेशनको चुनौति दिएपछि युवा नेताहरु रामकुमारी झाँक्रीदेखि विष्णु रिजालसम्मले त्यसको प्रतिवाद गरेका छन् ।

पोखरेलले सामाजिक संजालमा लेखेका छन्,‘पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेश गर्छौं भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’

तर रामकुमारी झाँक्री, विष्णु रिजालले त्यसको प्रतिवाद गरेका छन् ।

झाँक्रीले लेखेकी छन्,‘ ईस्कीयाको अपार सफलतापछि आएको राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रूचाएनन्, दुई दिनमा नै उत्रियो । महाधिवेशन मंसिरको पटकथा खासै जमेन । आजै जबज रिलिज हुँदैछ, हेरौं दर्शकको मन कति जित्न सक्छ ??’

त्यसैगरी विष्णु रिजालले लेखेका छन्,‘ दुई बर्षसम्म केन्द्रीय आयोग विभागलाई पूर्णता दिन नसक्ने, पार्टी सदस्यताको एकीकृत अभिलेखसम्म बनाउन नसक्ने र आफ्नो आलोचना हुन्छ भनेपछि बैठकै नबोलाउने नेतृत्वले चार महिनामा महाधिवेशन हुन्छ भन्दा अरूले पत्याइदिनुपर्ने ? अहिले उत्पन्न समस्यालाई हल गरेर केन्द्रीय कमिटीले तोकेकै २०७७ चैत २५/३० को मितिमा महाधिवेशन गर्न कसले रोकेको छ र ?’

यता जनार्दन शर्मा भने पार्टी एकताका पक्षमा दृढतापूर्वक उभिन अपील गर्दै यस्तो लेखेका छन्, ‘पार्टी एकताबाट मर्माहत प्रबृत्ति । पार्टी एकता बच्लाकी भन्ने आतंकबाट उद्देलित भएर दुस्प्रचार गरिरहेको कुराप्रती भ्रम नपरी पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन अपिल गर्दछु । कुनै पद प्राप्तिको लोभ बिना पार्टी आन्दोलनको रक्षा गर्न दृढतापुर्वक लागेको कुरा प्रष्ट पार्दछु ।’

अर्का नेता राजेन्द्र राईले भने मंसिरमा किन ? दशैं तिहारको बीचमा महाविधेशन गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाटे बाघको छालासहित कपिलवस्तुमा एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुबाट पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ

भन्सार दर घटेसँगै झण्डै १६ हजारले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक

कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव हुने

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुकको महभिरमा यस वर्षपनि भिर मौरीको मह काढ्ने (हनि