डीआईजीद्वय शाही र कार्कीलाई एआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौँ । सरकारले रिक्त दुई एआईजी पदमा डीआईजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा सिफारिस गरेको हो ।
शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय र कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् । बढुवा सिफारिस भएका शाहीले ७१.४९६१ र कार्कीले ६८.७२६७ अंक पाएका छन् । दुवैजना असार २५ गते महानिरीक्षकमा बढुवा भएका शैलेश थापा क्षेत्रीका ब्याजी हुन् । दुवैजना २०४९ वैशाख १९ गते निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।