प्रधानमन्त्रीको ध्यान भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ केन्द्रित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अयोध्या नेपाल पर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उट्पट्याङ, अपुष्ट र अप्रमाणित भएको बताएको छ । अध्यक्ष कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले सामाजिक संजालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् । अध्यक्ष थापाले लेखेका छन्,‘ प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन।’

त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लेखेका छन्, ‘सम्माननीय, प्रधानमन्त्रीको भनाइमा अयोध्या नेपालको ठोरीमा पर्दछ । अब माहाभारतको कुरु क्षेत्र पनि नेपालको झापाको तल्लो फाँटमा छ भन्ने तथ्य प्रधानमन्त्रीले घोषणा गर्ने हो की ? सम्माननीय प्रधानमन्त्रीको अराजक र अनियन्त्रित अभिव्यक्तिहरुको मनोविज्ञान के हो ? वास्तवमा नेपालको परराष्ट्र सम्वन्धलाई धुजाधुजा पारेर नेपाललाई संकटमा धकेल्ने काम किन भइरहेछ ? प्रधानमन्त्रीकै पार्टीका नेताहरु र सबै नेपालीले सोच्ने वेला आएको छ।

वास्तवमा आज हाम्रो सिमानामा भारतीयहरुले अन्तरास्ट्रिय कानुनको विपरित वनाएका बाँधहरुवाट तराइ, मधेसका थुप्रै जलमग्न गाउँ,गाउँको समस्याबारे नेपाल सरकारले वोल्नुपर्ने हो । तर यस्ता जनताको पिर र पीडामा प्रधानमन्त्रीलाई वास्ता छैन । यथार्थमा उहाँको वर्तमान अभिव्यक्ति अनियन्त्रित र अराजक छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इनरुवा, धरान र दुहबीमा बाढीले १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई