‘कि रोजगारी दे, नत्र कोरिया पठाइदे !’



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियाली भाषा पास गरि रोजगारमा जान नपाएका युवाहरुले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । इपीएस पास गरेर उडानको प्रतिक्षामा रहेका युवाहरुले काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उडानको प्रतिक्षामा रहेका कामदार पठाउन सरकारसँग उनीहरुको माग छ ।

सरकारी समन्वयको अभावमा रोजगारी गुम्ने चिन्तासमेत उनीहरुले व्यक्त गरेका छन् । सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सुरु गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

दुई साताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहिनेत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

लकडाउन सुरु भएसँगै सरकारले हवाई सेवा रोकेकाले कामदारहरु रोकिएका हुन् । चार महिनादेखि कामदार कोरिया जान पाएका छैनन् । भाषा परीक्षा पास गरेर उडानको तालिका आएकाहरु समेत अकस्मात रोकिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इनरुवा, धरान र दुहबीमा बाढीले १५ करोडको क्षति

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको क्षति भएको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको