‘एउटाको बेसार महात्म्य, अर्काको कोरोना जन्तर !’



काठमाडौँ । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले एउटा कार्ड भिरेका थिए । त्यो कार्डलाई लिएर सामाजिक संजालमा धेरै टिप्पणी तथा आलोचना भएको छ । ‘कोरोना जन्तर’ भनेर यसका बारेमा टिप्पणी भइरहेको छ । त्यो कार्ड वरिष्ठ नेता माधव कुमार नेपालले बाँडेका थिए ।

बास्तवमा यो ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ भएपनि यसले कोभिड–१९ बाट जोगाउन सक्ने तथ्य हालसम्म कर्हीकतैबाट पुष्टि भने भएको छैन । यस्ता कार्ड निर्माताहरूले ५० सेन्टिमिटर वरपरसम्म निकै कम मात्रामा क्लोरिन डाइअक्साइड हावामा छाड्दै त्यहाँ भएका भाइरस ब्याक्टेरिया, धुवाँ वा प्रदूषण हटाउने दाबी गरेका छन् । तर कतिपय विशेषज्ञले भने यसले स्वासप्रश्वासमा असर गर्ने भन्दै यसको प्रयोग नगर्न सुझाव दिएका छन् ।

यही ‘कोरोना जन्तर’लाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटरमा यस्तो लेखेका छन्, ‘एउटाको बेसार महात्म्य अर्काको कोरोना जन्तर ! यस्ता अप्रमाणित कुरा बाँडेर ज्यान गयो भने को जिम्मेवार हुने ? द्वन्द्वात्मक भौतिकवादी नेकपाका कणहरू किन यस्तो उल्टो दिशातिर ? विचरा बुढा माक्र्सको दारी उखेलेर सिध्याउने भए उनको नाउँ भजाएर सत्तामा पुग्नेहरूले ! बुढाले भनेकै हुन् I am no Marxist!

त्यसैगरी लेखक एवं विश्लेषक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘ओलीलाई दशौँ पटक विन्ति गरेपछि बल्ल ओली निवास बालुवाटार दरबारमा डाकिएको नेकपा डबल स्थायी समितिको बैठकमा ओली आफैँ गयल परेर सुतेछन् । माधव नेपालले बैठकमा चिनियाँ जन्तर बाँडेछन् । र,ओली नभएको मौका छोपेर पुष्पकमलले विषयहीन बैठकको अध्यक्षता गरेछन् । हैट्,नेकपा डबलको जात्रा !’

‘कोरोना जन्तर’ का बारेमा नेकपाका नेता यसो भन्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा आज रातभर गरिने

सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को म्याद एक

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हवाई उडानको अनुमति

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई

भूकम्पका कारण नेपालमा ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७