सांसदहरुको प्रश्नः स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई हतारमा किन ?



काठमाडौं । सांसदहरुले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूहलाई देखाएको हतारले अनियमितता भएको आशंका जन्माएको बताएका छन् । सोमबार बसेको संसदको सार्वजनिक लेखा समिति बैठकमा उनीहरुले ओम्नीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिनका लागि चैत १२ गते भएका बैठकका श्रृंखलाले अनियमितता भएको आशंका जन्माएको धारणा राखेका हुन् ।

रातारात ओम्नी समूहलाइ नै किन स्वास्थ्य सामग्री खरिद गर्न दिइयो भन्दै उनीहरुले प्रश्न समेत गरेका थिए । छलफलमा नेकपाका सांसद बिरोध खतिवडाले १२ गते रातभर बैठक बसेर ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिद गर्न दिनुले आशंका पैदा भएको बताए ।

त्यस्तै कांग्रेस सांसद डा मिनेन्द्र रिजालले स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नी समूह दिने बिषयमा चित्तबुझ्दो जवाफ आउन नसकेको बताए । उनले प्रारम्भिक छलफलमा नै सहभागी नभएकालाई ठेक्का दिएको बिषय संन्देशपूर्ण रहेको बताए । जनता समाजवादीका सांसद प्रदीप यादवले स्वास्थ्य सामग्री खरिदमा सार्वजनिक खरिद प्रणालीको धज्जी उडाएको र यसमा मन्त्रीसम्मको संलग्नता रहेको देखिएको बताए ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रदेश र स्थानीय तहहरूलाई विनियोजन गरेको बताए । उनले कोरोना केन्द्रीय कोषको रकम दुरुपयोग नभएको पनि दावी गरे । बैठकमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले आफूहरु भर्खरमात्र जिम्मेवारी सम्हालेकाले धेरै जानकारी नभएको जवाफ दिएका थिए ।

समितिले चैत दोस्रो सातामा भएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ओम्नी समूहले खरिद गरेको सामग्रीमा अनियमितता भएको भन्ने सार्वजनिक भएको विषयमा सरोकारवाला अधिकारीहरुसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर