क्वारेन्टिन व्यवस्थापनमा अनियमितता नभएको सेनाको दाबी



काठमाडौँ । नेपाली सेनाले चीनको वुहानबाट विद्यार्थी उद्धार गर्दा खरिद गरेका र प्रयोग नभएका औषधि गोदाममा रहेको जनाएको छ । बुहानबाट उद्धार गरिएका एक सय ७५ जनालाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राख्दा सेनाले औषधि खरिदमा ७३ लाख ९८ हजार रुपैयाँ र खानामा ५५ लाख १ हजार ४ सय ३३ रुपैयाँ गरी १ करोड २८ लाख ९९ हजार ४ सय ३३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो ।

तर, क्वारेन्टाइनमा बसेका कसैले पनि औषधि उपचार गर्नु नपरेको बताएका थिए । सेनाले भने यसको प्रतिवाद गर्दै ३ लाख ३३ हजार १० रुपैयाँको औषधि र ६३ लाख ३७ हजार ४ सय ८१ रुपैयाँ औषधिजन्य सामाग्री खरिदमा खर्च भएको दाबी गरेको हो । जेठ २० मा सार्वजनिक गरेको खर्च विवरणमा भने ७३ लाख ९८ हजार रुपैयाँ औषधि खरिदमा खर्च भएको सूचना निकालेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।