कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्न नेविसंघको माग



काठमाडौं । कोरोनाका कारण शिक्षा क्षेत्रमा परेको नकारात्मक प्रभावलाई कसरी न्यूनीकरण गर्न भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसको महामारीको कारण शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावलाई कम गर्न र यसबाट उत्पन्न चुनौतीको सामना गर्न ठोस कार्यायोजना बनाई अघि बढ्न ध्यानाकर्षण गर्दै आइतबार शिक्षा मन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाइएको नेविसंघका अध्यक्ष राजिव ढुंगानाले जानकारी दिए ।

नेविसंघले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तरको दायित्व राज्यको भएकाले बजेट वक्तव्यको १६६ नम्बर बुँदामा रहेको व्यवस्था खारेज गर्न माग गरेको छ । त्यस्तै राष्ट्रपति शैक्षिक सुधार लगायत कार्यक्रमहरु शिक्षामा दलिय राजनीतिलाई प्रशय दिन ल्याइएको भन्दै खारेज गर्न माग गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरणपछि बोल्दै नेविसंघ अध्यक्ष ढुंगानाले मन्त्री पोखरेलले नेविसंघले उठाएका मागहरु जायज रहेकाले केहि विषय कार्यान्वयनको अवस्थामा रहेको र बाँकी रहेका केहि विषयहरु गम्भिर रुपमा छलफल गर्ने बताउनुभएको जानकारी दिए । नेसिंघले वैकल्पिक सिकाई प्रणाली निर्देशिका २०७७ मा भएका व्यवस्था अस्पष्ट रहेको भन्दै मन्त्रालयको स्पष्ट धारणा आवश्यक रहेको औल्याएको छ ।

अनलाईन, टिभी, रेडियो, पत्रपत्रिका तथा टेलिफोन जस्ता माध्यमबाट पठनपाठन सुरु गर्न इन्टरनेट लगायत सबै प्रविधिको निःशुल्क व्यवस्था गर्न माग गरिएको छ । सबै विद्यालय तथा शैक्षिक संस्थाहरु नखुलुन्जेल कुनैपनि प्रकारको शुल्क लिने कार्य बन्द गर्न माग गरेको छ । पुस्तकमा लगाइएको १० प्रतिशत कर व्यवस्था खारेज गर्न माग गरेको छ ।

त्यस्तै एसईईको आन्तरिक मुल्यांकन पद्धति व्यवस्थित र प्रभावकारी बनाउदै कक्षा ११ को परीक्षालाई पनि आन्तरिक मुल्यांकन पद्धतिबाट टुंगो लगाई कक्षा १२ को परीक्षा राष्ट्रिय परिक्षाको मान्यता दिनुपर्ने लगायत बुँदाहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको

हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा सभामुख देवराज घिमिरेले आइतबार सत्तापक्षका प्रमुख