यस्तो छ कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा भएको खर्च विवरण
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ ।