औषधि खरिदमा अनियमितता नभएको नेपाली सेनाको दाबी



काठमाडौं । नेपाली सेनाले जीटुजी प्रक्रियामार्फत् खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरू सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । बुधवार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरी कोरोना उपचार तथा रोकथामका लागि चीनबाट ल्याएको सामग्रीमा अनियमितता भएको कुरालाई लिएर आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय संकटको यस विषम् परिस्थितिमा राष्ट्रिय ऐक्यबद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरूलाई समन्वयात्मक र एकजुट रूपमा ‘होल अफ नेशन एपरोच’ अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भीर विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चको फैसलाविरुद्ध सत्याग्रह सुरु गर्ने डा. केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन

डुम्रे–बेँसीसहर सडक पहिरोले अवरुद्ध

लमजुङ । गए रातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर

आज निर्जला एकादशी, घरका मठमा तुलसीको दल राखिँदै

  काठमाडौँ ।  वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्

डेढ वर्षमा सूर्यविनायक–धुलिखेल सडक विस्तारको २५ प्रतिशत प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको