बिहीबारदेखि काठमाडौंका पसल खोल्ने व्यवसायीको निर्णय
काठमाडौं । व्यवसायीहरुले बिहीबारदेखि बिहान ११ बजेसम्म काठमाडौंका पसल व्यवसाय खुल्ला गर्ने निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल व्यवसाय खुला गर्ने निर्णय गरेको हो । सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएर पसल खोल्ने निर्णय गरेको महासंघले जनाएको छ ।