सरकारले भारतबाट फर्केका आफ्ना नागरिकको व्यवस्थापन गर्न नसकेको सांसदहरुको आरोप



काठमाडौं । सांसदहरुले नेपाल–भारत सीमाबाट नेपाल ल्याइएका नेपालीहरुको व्यवस्थापन सरकारले गर्न नसकेको आरोप लगाएका छन् । शनिबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनीहरुले नेपालीहरुलाई स्वदेश भित्राउनु राम्रो काम भएपनि उनीहरुलाई नेपालमा व्यवस्थापन गर्न नसकेको आरोप लगाएका हुन् ।

नेपाल ल्याएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि पूर्वाधार पर्याप्त नभएको उनीहरुले बताए । बैठकमा कांग्रेसका सांसद पुष्पा भूषालले भारतबाट नेपाल भित्राइएका नेपालीहरुलाई व्यवस्थित क्वारन्टाइनमा राख्नुपर्ने बताइन् ।

उनले कोरोना नियन्त्रणको प्रभावकारी पूर्वाधार गरेर छिटै अन्य देशमा रहेका नेपालीहरुलाई स्वदेशमा ल्याउनुपर्ने जिकिर गरिन् । त्यस्तै सांसद राम कार्कीले सीमाबाट भित्रने नेपालीको यकिन तथ्याङ् र ठेगाना राख्नुपर्ने तथा उनीहरुलको पीसीआर बिधिबाट जाँच गरेपछिपनि केहि दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए । बैठकले वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

प्रतिवेदमा विदेशमा रहेका नेपालीको कोभिड–१९ को महामारीबाट सुरक्षा, उनीहरुका समस्या सम्बोधन, बन्दाबन्दीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, लिपुलेक क्षेत्रमा निर्मित सडक, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी भू–भागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न सरकारलाई दिएको सुझाव र निर्देशन उल्लेख गरिएको पवित्रा निरौला खरेलले जानकारी दिइन् । त्यस्तै समिति सदस्यहरुले भारतबीचको सीमा क्षेत्रमा सुरक्षा जाँच चौकी (बिओपी) स्थापना, नेपालको नयाँ नक्सा जारी भइसकेपछि चीन र भारतले नेपाललाई पठाएका कूटनीतिक पत्राचार प्रतिवेदनमा थप्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई