सेनाका अवकाश प्राप्त उपरथीसहित आठ सैनिक अधिकृतमाथि कारबाही



काठमाडौं । सैनिक हवाई महानिर्देशनालयमा कार्यरत रहँदा अनियमितता गरेको अभियोगमा नेपाली सेनाका अवकाश प्राप्त प्राविधिक उपरथीसहित ८ जना सैनिक अधिकृत कारबाहीमा परेका छन् । अनियमिततामाथि अनुसन्धान सुरु भएपछि केही समयअघि राजीनामा दिएका उपरथी सुधीर श्रेष्ठलाई नसिहतसहित जरिवाना तिराउने फैसला समरी जनरल सैनिक अदालतले गरेको हो ।

श्रेष्ठसहित ९ जना सैनिक अधिकृतलाई सचेत गराउने अदालतले फैसला सुनाएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार श्रेष्ठले महानिर्देशक रहँदा कानूनतः पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी ५८ लाख ९५ हजार पाँच सय ९० रुपैयाँ अनियमितता गरेको देखिएको छ । त्यसैले सो रकम असुल उपर गर्न अदालतले आदेश दिएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्ति

१. आज मिति २०७७ जेष्ठ १६ गते बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम १(एक) जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, ८ (आठ) जना सैनिक अधिकृतहरुलाई सचेत र १ (एक) जना अधिकृत तथा ९(नौ) जना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको छ ।

२. श्री सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।१२।०४ गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।१४ गते भएको फैसला आज मिति २०७७।०२।१६ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।

(क) तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनत: पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आउनुका साथै रू ५८,९५,५९०।५९ (अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा) रकमको कुनै हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएबाट सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएबाट निज प्रतिबादिबाट रू ५८,९५,५९०।५९ (अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा) असुल उपर गर्ने तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी ठहर फैसला भएको ।

(ख) सोही मुद्धामा अन्य ८ (आठ) जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको ।

(ग) साथै अधिकृत १ (एक) र अन्यदर्जा ९ (नौ) जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको ।

३. नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption) को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (Zero Tolerance) को नीति लिएको ब्यहोरा समेत जानकारी गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र