भारतीय संचारमाध्यममा आएका समाचारप्रति नेपाली सेनाको आपत्ति, भ्रममा नपर्न आग्रह



काठमाडौँ । केही भारतीय संचारमाध्यममा आएका समाचारलाई लिएर नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुरÞ्याउने खालका भएको बताइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

केही भारतीय संचारमाध्यममा भारतका सेनाध्यक्ष एमएम नरवणेले केही समयअघि दिएको वक्तव्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिक्रिया दिन भनेको तर प्रधानसेनापति थापाले ‘आफूले त्यस विषयमा नबोल्ने’ भनेको सामाचार आएका थिए ।

‘नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत भनिएको छ ।

नेपाली सेनाको विज्ञप्ति

१. मिति २०७७ जेष्ठ १४ गते बुधबार (27 May 2020) www.hindustantimes.com मा शिशिर गुप्ताद्धारा लिखित ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘शिर्षक तथा मिति २०७७ जेष्ठ १५ गते विहिवार (28 May 2020) tfipost.comमा AkshayNarang द्धारा लिखित ‘Oli ordered Nepal Chief of Army to rebut Indian Army Chief’s remarks, the Nepalese General said ‘No thanks’ शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।

२. उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।

३. राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरीकलाई हार्दिक अनुरोध गरिन्छ। यस सम्बन्धमा माननीय उपप्रधान तथा रक्षामन्त्रीज्यूबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी पनि गराउन चाहन्छौँ ।

४. साथै आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्वन्धी यस प्रकारका अफवाहहरु फैलाउन प्रयासहरु हुन सक्ने भएकोले सचेत र सजग रहन नेपाली सेना अनुरोध गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा