संस्कृत विषय पठनपाठन गराउने निर्णयको जनजाति महासंघद्वारा विरोध
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले कक्षा १ देखि संस्कृत भाषा पठन पाठन गराउने निर्णयको विरोध गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले विज्ञप्ति जारी गरी माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह अन्तर्गत पर्ने भएकाले संघीय सरकारले निर्णय गर्न नमिल्ने भन्दै विरोध गरेका हुन् ।
संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको सरकारको अधिकार क्षेत्रमा रहेको प्रष्ट हुँदाहुँदै संघ (केन्द्र)को पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले चालेको कदम र गरेको कार्य असंवैधानिक रहेको महासंघले बताएको छ ।