आवासीय भिसा समाप्त भएका विदेशीलाई १४ दिनभित्र देश छाड्न मलेसियाको निर्देशन



काठमाडौँ । मलेसियाको अध्यागमन विभागले जनवरी १ पछि आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन जारी गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश फर्किन अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ ।

फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । त्यसका लागि उनीहरुलाई कुनै जरिवाना भने नलाग्ने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा हजार बुद्ध गुम्बा निर्माण

लुम्बिनी । लुम्बिनीमा पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) निर्माण गरिएको

अनुकूलन कोष बोर्डको सदस्यमा शर्मा छनोट

  बाकु, अजरबैजान । अल्पविकसित देशहरूको समूह (४५ देशहरूको समूह) ले नेपाली प्रतिनिधि

बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर

दैलेखको आठविसमा बस दुर्घटना, आठ घाइते

सुर्खेत । कर्णाली राजमार्गको दैलेख खण्डमा बस दुर्घटना भएको छ । शुक्रबार कालीकोटबाट