लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।

मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो। त्यसपछि पटक पटक थपिएको लकडाउन वैशाख २५ गते सम्म निरन्तर थियो। नेपाल हालसम्म ८२ जनामा संक्रमण देखिएको छ भने २२ जना निको भएर घर फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका