कतारमा रहेका नेपालीकाबारेमा चिन्ता नलिन कतारी प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीलाई टेलिफोन गरी त्यहाँ रहेका नेपालीको अवस्थाकाबारेमा जानकारी लिएका छन् । बिहीबार साँझ कतारका प्रधानमन्त्री शेख खालिद विन खालिफा अब्दुल अजिज अल थानीसँग त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेका हुन् ।

त्यसक्रममा कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेका प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । त्यस्तै उनलाई आफूले त्यहाँ विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । कतारमा हजारौं नेपाली कार्यरत छन् । कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण उनीहरु समस्यामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

रसुवा । रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । कालिका

कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय

काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रमा पछिल्लो समय थपिएको नयाँ ‘प्रडक्ट’ हो, ‘मोटरबोट टुरिजम’

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, बोटबाटै उत्पादन बिक्री गर्न बाध्य किसान

पर्वत । पर्वतका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र