नेपाली सेनाले चीनबाट ७६ थरी स्वास्थ्य सामग्री ल्याउने



काठमाडौं । नेपाली सेनाले २ अर्ब २६ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको ७६ थरीका स्वास्थ्य सामग्री र औषधि चीनबाट ल्याउने भएको छ । चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले उक्त फार्मलाई राष्ट्र बैंकमार्फत एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ । सम्झौता गरेको दुई दिनभित्र रकम भुक्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गत नै भुक्तानी गरिसकेको छ । नेपालको तर्फबाट सेनाका सम्भाररथी प्रभुराम शर्मा र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री ग्वान्जाओमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताए । उनले अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ मास्क र पीसीआर टेष्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताए ।

प्रवक्ता पाण्डेले सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिने र ग्वान्जाओमा रहेको महावाणिज्य दुतावासले खबर गर्ने र त्यसलाई ल्याउनको लागि जहाजको तयारी गर्ने पनि बताए । उनले विश्वभरबाट स्वास्थ्य सामग्री माग भएकोमा नेपाल ८१ औ नम्बरमा परेको चिनियाँ पक्षले जानकारी दिएको बताए ।

भारतबाट भने औषधि ल्याउन अझै केही सामय लाग्ने भएको छ । प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याउने औषधिहरु दोस्रो चरणमा पछि आवश्यक पर्ने छन् । सेनाले भारतलाई ५३ थरी औषधि र सामग्रीको सूची पठाएको छ । तर मूल्य सूची भने नआएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने