काठमाडौंका १६ वटा निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनको अनुमति



काठमाडौं । स्वास्थ्य मन्त्रालयले वीरजंगको छपकैयामा चार सय जनाको र्यापिड टेष्ट गरिएको र नतिजा नेगेटिभ आएको जनाएको छ । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार स्म्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यसअघि कोरोना संक्रमित भेटिएका उक्त स्थानमा सम्भावित कोरोना संक्रमितको र्यापिड टेष्ट गरिएकोमा नतिजा नेगेटिभ आएको जानकारी दिए ।

विगत ४८ घण्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मात्र २ जनामा कोरोना भाइरस पोजेटिभ देखिए पनि बुधबार र बिहीबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन् ।

यसका साथै नेपालमा थप ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट सुरु भएको समेत उनले जानकारी दिए । हालसम्म १९ हजार ४ सय ३२ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ भने क्वारेन्टाइनमा ४ हजार ९ सय १ जना, आइसोलेसनमा १०३ जना रहेका प्रवक्ता देवकोटाले जानकारी दिए । हालसम्म कुल रेड जोनमा २ सय ४७ जना रहेका पनि उनले बताए ।

आठ जिल्ला ताप्लेजुङ, इलाम, सोलुखुम्बु, डोल्पा, मनाङ, रुकुम पूर्व, ओखलढुंगा र खोटाङमा परीक्षण सुरु गर्न बाँकी रहेको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकाका १६ वटा निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालनको अनुमति दिइएको छ । यसअघि १५ हब अस्पताल, ६४ प्रादेशिक अस्पताल र २२ वटा जिी मेडिकल कलेजहरुले सञ्चालन अनुमति पाएका थिए । नेपालमा १६ जना कोरोना संक्रमित रहेकोमा १ जना निको भई घर फर्किसकेका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका प्रकाश सिङतान चार

भ्रष्टाचारमा नातावाद, कृपावाद र पार्टीको साइनो लगाएर धेरैलाई जोगाइएको छ

काठमाडौँ । सुमना श्रेष्ठ प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

धनगढी । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन्

अमेरिकामा फेरि अर्को विमान दुर्घटना(भिडियो)

बीबीसी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा जहाज दुर्घटना भएको छ । उडिरहेको जहाज भवनमा